PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एक सातामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो



पहिलोपोस्ट

एक सातामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौंः बिहेको सिजन सुरु भएपछि बजारमा सुनको मूल्य क्रमिक उकालो लाग्न थालेको छ।

अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँ बढेर शुक्रबारका लागि सुनको बजार मूल्य ९० हजार ५ सय रुपैयाँ भएको छ।

गत साताको शुक्रबार सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ थियो। आइतबार ३ सयले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँ भएको थियो। सोमबार तोलामा १ सय रुपैयाँले बढेको सुन मंगलबार पुनः तोलामा एक सय रुपैयाँले घटेको थियो। बुधबार ३ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो। सुनको मूल्य एक सातामा तोलामा ६ सय रूपैयाँले वृद्धि भएको छ।

सामान्य बढोत्तरीसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबारका तुलना १० रुपैयाँ बढेर शुक्रबार चाँदी प्रतितोला १३ सय भएको छ। गत शुक्रबार प्रतितोला १२ सय ८० रुपैयाँ थियो।

गत आइतबार ५ रुपैयाँ घट्दा प्रतितोला १२ सय ७५ रुपैयाँ भएको थियो। सोमबार उक्त मूल्यमा स्थिर रहेको चाँदी मंगलबार पुनः तोलामा १० रुपैयाँ घटेको थियो। बुधबार घट्ने ब्रेक लाग्दै तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो। एक सातामा चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell