PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कोभिड-१९ को जोखिममा युवा तथा बालबालिका : 'डबल म्युटेन्ट' र 'युके भेरियन्ट' को जोखिम कति?



विधुर ढकाल

कोभिड-१९ को जोखिममा युवा तथा बालबालिका : 'डबल म्युटेन्ट' र 'युके भेरियन्ट' को जोखिम कति?

काठमाडौं :  पछिल्लो समय भारतमा दैनिक दुई लाखको हाराहारीमा कोभिड-१९ को संक्रमण पुष्टि भइरहेको छ। खुला सीमाले जोडिएको नेपालमा पनि जोखिम बढ्दै गएको छ। नियन्त्रणको चरणमा पुगिसकेको कोभिड-१९ नेपालमा 'बाउन्स ब्याक' को क्रममै छ।

पछिल्लो पटक नेपालमा कोभिड–१९ को नयाँ स्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’को संक्रमण पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण खोजी भइरहेको छ।

'सङ्क्रमण देखिएका व्यक्ति विदेशबाट आएका हुन्,' उनले भने, 'उनीहरुको यात्रा विवरण, कन्ट्याक्ट ट्रेसिङ हामीले खोजिरहेका छौँ।'

हङ्कङमा परीक्षणका क्रममा बुधबार ललितपुरका ५९ वर्षीय एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ र अन्य नौ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको उनले जानकारी दिए। पन्ध्र जनाको अणुवांशिक (जीन सिक्वेन्सिङ)मा एक जनाको ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटिएको हो।

सङ्क्रमित तीन हप्ता पहिले नेपाल आएकाले उनीहरुमा सङ्क्रमण नभए पनि अरुलाई सारेको हुनसक्ने भएकाले कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्य भइरहेको डाक्टर पौडेलले जानकारी दिए। दुवै कोभिड–१९ का नयाँ स्वरुप भएकाले कडा खालका भाइरस मानिन्छन्। दुवै सङ्क्रामक क्षमता बढी रहेका भाइरस हुन्।

भारतमा गत मार्चमा डबल म्युटेन्ट भेरियन्ट पुष्टि भएको थियो। त्यस्तै, डबल म्युटेन्ट नेपालमा पनि देखिएको हो। कुनै पनि भाइरसका दुई वटा म्युटेन्ट जोडिएर संक्रमण पुष्‍टि भए त्यस्तोलाई डबल म्युटेन्ट भनिन्छ। जुन थप संक्रामक र भ्याक्सिनको प्रभावकारिता कम हुने गर्छ।

कोभिड-१९ को दोस्रो चरणको वेभ चल्दै गर्दा युवा तथा बालबालिकामा संक्रमण बढी देखिन थालेको छ। पछिल्लो समय जिन सिक्वेन्सिङबाट पुष्टि भएको युके भेरियन्ट बी.१.१७ समुदायस्तरमा फैलिन थालेको देखिन्छ।

काठमाडौंमा नयाँ वर्ष र नेवार समुदायका जात्रा पर्वहरुमा देखिएको भिडले संक्रमणलाई थप बढ्दै गएको देखिन्छ। पहिलो चरणमा राजनीतिक भेला र विरोध प्रदर्शन हुँदा संक्रमणको जोखिम बढेको र पछिल्लो चरणमा जात्रा र पर्व कारक बन्न सक्ने देखिन्छ। बिहीवार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा ५ सय ३४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। जसमध्ये ४ सय ९० जनामा आरटी-पीसीआर र ४४ मा एन्टिजिन परीक्षणमा संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएका मध्ये १९ वर्ष सम्मका १०.७ प्रतिशत छन्। जसमध्ये ९ वर्ष सम्मका संक्रमित बालबालिकाको संख्या २.५ प्रतिशत छ। २०-२९ वर्ष उमेर समूहका २१.९ प्रतिशत र ३०-३९ उमेर समूहका २३.३ प्रतिशत छन्।   

दक्षिण एसियामा तीब्र रुपमा युके भेरियन्ट बी.१.१.७ फैलिँदै गएको तथ्यांकहरुले देखाउँछ। जुन नेपालमा पनि फैलिँदै गएको छ। तर, पनि नेपालमा जिन सिक्वेन्सिङको व्यवस्था नहुँदा भेरियन्ट पत्ता लगाउन विदेशी प्रयोगशालाको भर पर्नुपर्ने हुन्छ।

पछिल्लो अध्ययनले पनि यसलाई थप पुष्टि गर्छ। पछिल्लो पटक प्रतिनिधि नमुनामा एस-नेगेटिभ भएका उच्च देखिएको थियो। अघिल्लो साता भएको अध्ययनमा काठमाडौंबाट संकलन गरिएका ७६ मध्ये ४८ मा एस-नेगेटिभ पुष्टि भएको थियो। जसमध्ये २० प्रतिशत २० वर्ष कम उमेरका थिए। त्यस्तै पोखराबाट संकलन गरिएका १ सय ७६ नमुना मध्ये १ सय ५ मा एस-नेगेटिभ पुष्टि हुँदा ५१ जना १४ वर्ष मुनिका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक गत चैत ६ गतेदेखि वैशाख १ गतेसम्म भारतबाट नेपाल फर्किएका ६ सय १ जनामा संक्रमण पुष्टि भएको छ। नेपाल-भारत सीमा क्षेत्रका ९ प्रवेश विन्दुमा नेपाल प्रवेश गर्नेहरुको एन्टिजिन परीक्षण गरिँदै आएको छ। जसमध्ये सबैभन्दा बढी कञ्चनपुरबाट नेपाल प्रवेश गर्ने छन्।

कञ्चनपुरको त्रिनगर हेल्थ डेक्समा परीक्षण गराएका मध्ये ५ सय १ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ८ हजार ३ सय ३६ जनामा परीक्षण गरिएको छ। त्यस्तै गड्डाचौकी हेल्थ डेस्कमा भएको दुई हजार ३ सय १५ परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बाँकेमा १०, पर्सामा ९, झापामा २, बेलहिया रुपन्देही, कृष्णनगर कपिलवस्तु र रानी हेल्थ डेस्क मोरङमा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

के हो डबल म्युटेन्ट भेरियन्ट?

भारतका विभिन्न राज्यमा पुष्टि भएको डबल म्युटेन्ट भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ। भारतमा पुष्टि भएको भेरियन्ट चासोको विषयमा भएको भारतीय वैज्ञानिकहरुले बताउँदै आएका छन्। भारतका प्रमुख वैज्ञानिक सल्लाहकार के विजय राघमनले अधिक संख्यामा मानिसहरुमा संक्रमण देखिएकाले यसलाई चासोका साथ लिनुपर्ने बताएका छन्। उनका अनुसार यसको मानसिक असर पनि बढी रहेको छ।

उनका अनुसार डबल म्युटेन्ट भेरियन्ट नै भारतमा सेकेण्ड वेभको कारण भएको बताएका छन्। यो डवल म्युटेन्टमा भाइरसका दुई वटा भेरियन्ट सहभागी हुन्छन्। ई ४८४ क्यु म्युटेसनमा यसअघि ब्राजिल र अफ्रिकामा फैलिएको ई ४८४ के भेरियन्टको गुण देखिन्छ। त्यस्तै, अर्को म्युटेसन एल ४५२ आरले देखिन्छ। डबल म्युटेसन स्टेनलाई बी.१.६१७ नाम दिइएको छ।

अहिले देखिएको भाइरस रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने क्षमता राख्ने गरेको बैज्ञानिक बताउँछन्। बढी संक्रामक र रोग प्रतिरोधात्मक शक्तिलाई छल्न सक्ने विशेषता लिएर आएको छ।

 भाइरोलोजिस्ट जेरेमी कमिलका अनुसार ई ४८४ क्यु ई ४८४ के सँग समान देखिन्छ। जुन अप्रिकामा देखिएको एउटा म्युटेसन बी १.३५१ र पी १ भेरियन्टसँग मिल्छ। जुन धेरै पटक स्वतन्त्र रुपमा उत्परिवर्तित भइसकेको छ।

भारतमा डलव म्युटेसनमा एल ४५२ आर म्युटेसन पनि  देखिएकोले यसले पहिलो पटक ध्यान खिजेको हो जुन  बी.१.४२७/बी१.४२९ को वंशको हो जुन अमेरिकामा देखिएको थियो। जसलाई क्यालिफोर्निया भेरियन्ट भनेर समेत चिनिने कमिलले बीबीसीसँग भनेका छन्।

अमेरिकामा देखिएका कोभिड-१९ का सात वंशको बारेमा भएको अध्ययनका लेखक समेत रहेका डाक्टर कमिलका अनुसार यसअघिका संक्रमणमा एकल म्युटेसन- डी ६१४ जी हुने गरेकोमा अहिले यो म्युटेसन जताततै देखिएको छ।

जीआईएसआईडीको ओपन डाटावेसमा भारतमा फेला परेको ई ४८४ क्यु र एल ४५२ आर म्युटेसन ४३ वटा भाइरसमा रहेको देखिने रिपोर्टमा उल्लेख छ। गत मार्चमा युकेबाट संकलन गरिएको भाइरसमा पनि ९ वटा स्पाइक म्युटेसन देखा परेको डाक्टर कमिलले भनेका छन्। उनी अझ प्रश्न गरेका छन्, 'हामी एकिन गर्न सक्छौँ कि भारतमा देखिएको भेरियन्टमा के जम्मा दुई वटा स्पाइक म्युटेसन छन्?'

जीआईएसएआईडीको डाटावेसमा भारतीय अनुसन्धानकर्ताहरुले आफ्नो तथ्यांक उपलब्ध गराएपछि विश्वका बैज्ञानिकहरुले यसमा खोज गर्न सक्छन् के यो डबल म्युटेन्ट वेलायको म्युटेन्टको वंश हो की स्वतन्त्र रुपमा विकसित भएको हो?

त्यस्तै नेपालमा पत्ता लागेको डबल म्युटेन्टको कुन हो भन्ने पनि अध्ययन गर्न बाँकी रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell