PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

काठमाडौंः भक्तपुरमा सवारी दुर्घटनामा हुँदा दुई  जनाको मृत्यु भएको छ।

आज बिहान पौन ११ बजे भक्तपुर नगरपालिका वडा नम्बर १ चुनदेवी स्थित अरनिको राजमार्गमा सल्लाघारीबाट सुर्यविनायक तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०२-०११ प ८२५० को मोटरसाइकल दुर्घटना भएको थियो।

मृत्यु हुनेहरूमा बाँके घर भएका २० वर्षीय सूर्य ओली र भोजपुरका १८ वर्षीय सुमन गिरी रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी  दिए।

घटनास्थल नजिकै रहेको सिसिक्यामराको फुटेज हेर्दा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell