PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए सर्वदलीय बैठक



पहिलोपोस्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनले बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्नको लागि बैठक बोलाएको जानकारी दिए।

त्यसो त आज नै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए।

प्रचण्डले शुक्रवार ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका हुन्। उनले उद्घाटन कार्यक्रममा सहभागी भइरहेका बेला फोन आएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell