PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

त्रिदेशीय सिरिजको ट्रफी सार्वजनिक, दर्शककै उपस्थितिमा टि २० क्रिकेट हुँदा कोरोनाको चुनौती



पहिलोपोस्ट

त्रिदेशीय सिरिजको ट्रफी सार्वजनिक, दर्शककै उपस्थितिमा टि २० क्रिकेट हुँदा कोरोनाको चुनौती

काठमाडौं: शनिवारबाट सुरु हुने नेपाल, नेदरल्याण्डस् र मलेसियाबीचको त्रिदेशीय टी २० सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्रिदेशीय सिरिजको ट्रफी सार्वजनिक गरेको हो।

तीनै देशका टीमका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका हुन्।

भोलिबाट सुरु हुने सिरिजको पहिलो खेलमा नेपाल र नेदरल्याण्डस् दिउँसो साढे १ बजेबाट प्रतिस्पर्धामा उत्रनेछन्।

चुनौती कोभिडको

क्यानले सिरिजको तयारी गरिरहँदा देशभर कोभिड संक्रमितको संख्या पनि बढेको बढ्यै छ। स्वास्थ्य मन्त्रालयले बिहीवारमात्र विज्ञप्ति जारी गर्दै काठमाडौंलगायतका १४ जिल्लालाई अति प्रभावित क्षेत्र नै घोषणा गरेको छ। यस्तोमा खेलकुदमा हुने भीडभाडले कोरोना संक्रमण फैलाउला भन्ने त्रास पनि त्यतिकै देखिन्छ।

नेपाल क्रिकेट संघ क्यानका प्रबन्धक रौनक मल्लले कोभिड संक्रमण फैलन नदिनका लागि मैदानमा सबै सुरक्षा सावधानीहरु अपनाउने दाबी गरे।

'कोभिड १९ बिच प्रतियोगिता आयोजना चुनौतीपूर्ण नै छ। त्यसैले प्रोटोकलहरुमा हामीले विशेष जोड दिएका छौं,' उनले भने, 'हामीले टिकटहरु अनलाइन गरेका छौ। मास्क अनिवार्य गर्नेछौं। 'ओभर क्राउड' हुन दिने छैनौ।'

यद्यपि मैदानमा कति दर्शकलाई प्रवेश दिने भन्ने बारेमा भने मल्ल स्पष्ट सुनिएनन्। त्यस्तै उनले यस विषयमा राष्ट्रिय खेलकुद परिषद या खेलकुद मन्त्रालयबाट कुनै पत्र नआएको भन्दै केही निर्देशन आए त्यसको पालना हुने प्रतिबद्धतासमेत जनाए।

प्रतियोगिताको तयारीमा रहेका तीनै देशका खेलाडी र अफिसियलहरुको कोरोना टेस्ट नेगेटिभ आएको क्यानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell