PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने, नेपाल पक्षले भन्यो, ‘विपक्षमा मतदान गर्नेछौँ’



पहिलोपोस्ट

कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने, नेपाल पक्षले भन्यो, ‘विपक्षमा मतदान गर्नेछौँ’

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुक्रवार प्रदेशसभामा विश्वासको मत लिँदै छन्। प्रदेशसभाको शुक्रवारको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै मुख्यमन्त्री शाहीले आफ्नो पक्षमा विश्वासको मत आउने दावी समेत गरे।

नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले प्रदेश सरकारको पक्षमा मतदान गर्ने घोषणा गरेका हुन्। कांग्रेससँग ६ मत रहेको छ।

यता, नेकपा एमालेको माधव नेपाल पक्षले भने विपक्षमा मतदान गर्ने भएको छ।

एमालेका नेपाल खेमाका सांसद करविर शाहीले भने, ‘विश्वासको मत लिन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गरेको प्रस्तावको पक्षमा हामी छैनौँ। त्यसको विपक्षमा मतदान गर्नेछौँ।’

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले विश्वासको मतको लागि प्रस्ताव गरेका हुन्।

४० सदस्य रहेको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीको पद खारेज गरेपछि हाल ३९ सदस्य छन्। जसमा नेकपा एमालेका तर्फबाट सभामुखबाहेक १९ जना, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell