PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

यी हुन् पार्टीको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने एमाले चार प्रदेशसभा सदस्य



पहिलोपोस्ट

यी हुन् पार्टीको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने एमाले चार प्रदेशसभा सदस्य

काठमाडौं : नेकपा एमालेका चार प्रदेश सभा सदस्यले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ।

प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका माधव नेपाल समूहका चार सदस्यले पार्टीको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेका हुन्।

मुख्यमन्त्री शाहीको पक्षमा एमालेका वरिष्ठ नेता माधव नेपाल खेमाका ४ जनाले मतदान गरेका हुन्। यसरी मतदान गर्नेमा प्रकाश ज्वाला, नन्द सिंह बुढा, अमर थापा, कुर्मराज शाही छन्।

मुख्यमन्त्री शाहीले प्रदेशसभामा आफूलाई प्रदेशसभाको बहुमतको विस्वास रहेको छ भन्ने प्रस्ताव पेश गरेकामा माओवादीका १२, कांग्रेसका ६, एमालेका चार जनाले मत दिएका थिए। तत्काल कायम रहेको प्रदेशसभाको ३९ सदस्य मध्ये ३७ जनाले मतदान प्रक्रियामा सहभागि भएका थिए।

शाहीले राखेको प्रस्तावको विपक्षमा एमालेका १५ सांसदले मतदान दिए। प्रदेशसभामा एमालेका तर्फबाट सदस्य रहेका सभामुख र राप्रपाका एक सदस्यले मतदान गरेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell