PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

वीरगंजमा ९४ जनाको स्वाब परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि, ७ जना आइसीयूमा भर्ना



पहिलोपोस्ट

वीरगंजमा ९४ जनाको स्वाब परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि, ७ जना आइसीयूमा भर्ना

वीरगंज : नारायणी अस्पतालमा शुक्रवार ९४ जनाको स्वाब परीक्षण गर्दा २३ महिला र ३४ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ देखि ७२ वर्षसम्मका व्यक्तिमा कोरोना पुष्टि भएको हो। जसमध्ये ८ जना १८ वर्ष मुनिका बालबालिका रहेका छन्।

संक्रमण पुष्टि भएका ५७ जनामध्ये ५० जना पर्साका, ४ जना बाराका र ३ जना रौतहटका बासिन्दा रहेको नारायणी अस्पताल वीरगंजका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए। पर्साको बहुदरमाई नगरपालिका, छिपहरमाई, सखुवा प्रसौनी गाउँपालिकाबाट १/१ जना र बाँकी ४७ जना वीरगंज महानगरका विभिन्न वडाका बासिन्दा रहेको उनले बताए।

उनका अनुसार ५७ जनामध्ये नारायणी अस्पतालको आइसीयूमा हालसम्म ७ जना भर्ना भई उपचाररत रहेको र बाँकी सबै घरमै होम आइसोलेसनमा बसेका छन्। यसैसँगै प्रदेश २ मा ३३४ सक्रिय संक्रमित पुगेका छन्। जसमध्ये २०२ जना पर्सामा मात्र छन् भने बारा र धुनषामा पनि संक्रमित थपिने क्रम बढेको छ।

अन्य जिल्लामा संक्रमितको संख्या कम छ। प्रदेश २ मा हालसम्म ३१२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। प्रदेश २ मा ३ हजार ९७ महिला र १४ हजार ३९८ पुरुष गरी १७ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell