PahiloPost

Jul 3, 2024 | २० असार २०८१

आईपीएल: पञ्जाबको चलेन ब्याटिङ, चेन्नइको जारी सिजन पहिलो जित



पहिलोपोस्ट

आईपीएल: पञ्जाबको चलेन ब्याटिङ, चेन्नइको जारी सिजन पहिलो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबमाथि ६ विकेटको सानदार जित निकाल्दै चेन्नइले प्रतियोगितामा पहिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। १०७ रनको सामान्य लक्ष्य चेन्नइले १५.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो।

सुरुवाती ब्याटिङ गरेको पञ्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ रन बनाउँदा झे रिचर्डसनले १५ रन जोडे। त्यस्तै त्यस्तै क्रिस गेल र दीपक होडाले समान १०/१० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ चेन्नइका दीपक चहरले किफायती बलिङ गर्दै ४ विकेट लिएर १३ रन दिए। त्यस्तै साम करन, मोइन अली र ड्वाने ब्राभोले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले मोइन अलिको सर्वाधिक ४६ रन र फाफ डुप्लिसिसको ३६ रनको सहयोगमा २६ बल बाँकी छँदै ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। पञ्जाबमा मोहम्मद शमीले २ विकेट लिँदा अर्सदीप सिंह र मुरुगन अश्विनले १/१ विकेट लिए।

जारी सिजन चेन्नइको यो पहिलो जित हो।

आज हुने खेलमा मुम्बइ इण्डियन्स र सनराइजर्स हैदराबाद भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell