PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

त्रिदेशीय टी २० सिरिज आजबाट सुरु, नेपाल र नेदरल्याण्डस् भिड्दै



पहिलोपोस्ट

त्रिदेशीय टी २० सिरिज आजबाट सुरु, नेपाल र नेदरल्याण्डस् भिड्दै
फाइल फोटो

काठमाडौं: नेपाल, नेदरल्याण्डस् र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु हुँदैछ। आज हुने पहिलो दिनको खेलमा नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो साढे १ बजे खेल सुरु हुनेछ। टिकट शुल्क १५० रुपैयाँ तोकिएको छ।

क्यानले सिरिजको तयारी गरिरहँदा देशभर कोभिड संक्रमितको संख्या भने थपिँदो छ। स्वास्थ्य मन्त्रालयले बिहीवारमात्र विज्ञप्ति जारी गर्दै काठमाडौंलगायतका १४ जिल्लालाई अति प्रभावित क्षेत्र नै घोषणा गरेको थियो। यस्तोमा खेलकुदमा हुने भीडभाडले कोरोना संक्रमण फैलाउला भन्ने त्रास पनि त्यतिकै देखिन्छ।

नेपाल क्रिकेट संघ क्यानका प्रबन्धक रौनक मल्लले कोभिड संक्रमण फैलन नदिन मैदानमा सबै सुरक्षा सावधानीहरु अपनाउने बताएका छन्।

'कोभिड १९ बिच प्रतियोगिता आयोजना चुनौतीपूर्ण नै छ। त्यसैले प्रोटोकलहरुमा हामीले विशेष जोड दिएका छौं,' उनले भने, 'हामीले टिकटहरु अनलाइन गरेका छौ। मास्क अनिवार्य गर्नेछौं। 'ओभर क्राउड' हुन दिने छैनौ।'

पारस टिमबाहिर

राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका पारस खड्का यस सिरिजबाट बाहिरिएका छन्। अभ्यासका क्रममा लागेको चोटका कारण खड्काले सिरिज खेल्ने छैनन्। उनको स्थानमा सन्दीप जोरा टिममा रहने छन्।

नेपाल र नेदरल्याण्डस् चिर परिचित प्रतिद्वन्दी हुन्। पछिल्लो समय यी दुई टोलीबीचको टी २० मा भेट २०१९ को अक्टोबरमा ओमन पेन्टाङ्गुलर सिरिजमा भएको थियो। जसमा नेपालले ४ विकेटले जित निकालेको थियो। त्यसअघि २०१८ मा लर्डससमा एमसीसी ट्राइ नेशन्स टी २० सिरिजमा खेल वर्षका कारण रोकिएको थियो। त्यस्तै २०१५ मा नेपालले नेदरल्याण्डसमा सम्पन्न खेलमा ३ विकेटले जित निकालेको थियो। त्यस्तै २०१५ मै खेलिएका बाँकी दई खेलमा भने नेदरल्याण्डसले जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell