PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

गेस्ट हाउसको नाममा यौनको धन्दा : ७२ वर्षीय सञ्चालक समातिए



पहिलोपोस्ट

गेस्ट हाउसको नाममा यौनको धन्दा : ७२ वर्षीय सञ्चालक समातिए

काठमाडौंः पछिल्लो समय काठमाडौं उपत्यकाभित्र रहेका गेस्ट हाउसमा बढेको यौनको धन्दा नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ। बालिकादेखि महिलासम्मलाई विभिन्न प्रलोभनमा पारेर यौन क्रियाकलापमा संलग्न गराउने गरेको पाइएपछि प्रहरीले सक्रियता बढाएको हो।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले केही दिन अघि मात्र यस्तैखाले कारोबार गराउको अभिगोमा एक गेस्ट हाउसका ७२ वर्षीय सञ्चालकलाई नियन्त्रणमा लिएको छ। ब्युरोको टोलीले ललितपुर गोदावरी नगरपालिका घर भएका ७२ वर्षीय दीपबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। उनले काटेश्वरमा दीपलक्ष्मी गेस्टहाउस सञ्चालन गर्दै आएका थिए। पीडित पक्षले उनका विरुद्ध जवर्जस्ती यौन क्रियाकलाप गर्न लगाएको उजुरी दिएपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको ब्युरोका एसपी अनुराग कुमार द्विवेदीले जानकारी दिए।

एक महिलाले फेसबुकबाट चिनजान गरी राम्रो काम लगाइदिने भन्दै गेस्टहाउसमा पुर्‍याएर श्रेष्ठको जिम्मा लगाएकी थिइन्। त्यसपछि श्रेष्ठले ती महिलालाई सुरुमा वेटरको काम गर्ने लगाएका थिए। त्यसपछि बिस्तारै होटेलमा बस्न आउने ग्राहकहरू सँगै बसेर खाना खाने बिल धेरै उठाउने भन्दै काम लगाए  र ग्राहकहरू सँग दुई हजार देखि पैँतीस सयसम्म लिई जबरजस्ती शारीरिक सम्पर्क राख्न लगाएको पीडितले प्रहरीमा उजुरी दिएकी छिन्।

श्रेष्ठ विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै, केही दिनअघि मात्र प्रहरीले काठमाडौंको मकालबारीबाट यस्तै प्रकृतिको यौन कारोबार गराएको अभियोगमा पाँच जनालाई समातेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell