PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कांग्रेसले ओलीलाई सर्वदलीय बैठकमा सोध्यो : संसदलाई अपांग बनाउने काम किन भयो? निकास दिनुस्



पहिलोपोस्ट

कांग्रेसले ओलीलाई सर्वदलीय बैठकमा सोध्यो : संसदलाई अपांग बनाउने काम किन भयो? निकास दिनुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बालुवाटारको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले निकास दिन ओलीसँग आग्रह गरेको छ। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ब्यवस्था बचाउन ओलीसँग आग्रह गरेका बताए। उनले उप निर्वाचन र उपसभामुखबारे पनि चर्चा गरेको जानकारी दिए।

'रिक्त पदहरुको निर्वाचनका बारेमा छलफल भयो। एमसीसीको बारेमा कसरी पास गर्ने भन्नेबारेमा छलफल भयो,' बैठकपछि उनले भने। कोभिड-१९ महामारी नियन्त्रणका लागि लकडाउन गर्न नहुने भन्दै कांग्रेसले रोकथाममा लाग्न सल्लाह दिएको छ।

'सरकार कोरानको बारेमा गम्भीर हुनुपर्‍यो। लकडाउन भन्दा रोकथामतर्फ जानुपर्‍यो। सरकारले जनतालाई सचेत गराउनुपर्छ। लकडाउन गर्नु हुँदैन भन्नेकुरा भयो। उप निर्वाचन र उप सभामुखको निर्वाचन। संसदलाई अपांग राख्ने काम किन भयो?,' उनले भने। प्रधानमन्त्रीलाई कुर्सी बचाउनतिर नलाग्न आग्रह गरेको पौडेलले बताए।

'ब्यवस्थालाई महत्व दिनुपर्ने, कुर्सी बचाउनतिर होइन। देशलाई निकास चाहिन्छ। यो गतिरोधलाई निकास चाहिन्छ। बाझाबाझ गर्ने कुरा भएन। एमसीसीका बारेमा पनि हाम्रो प्रष्ट धारणा राख्यौ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell