PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बैठक बहिष्कार गरेका प्रचण्ड-नेपालप्रति प्रदीप ज्ञवालीको आक्रोश : उहाँहरु नभए पनि देश चल्छ



पहिलोपोस्ट

बैठक बहिष्कार गरेका प्रचण्ड-नेपालप्रति प्रदीप ज्ञवालीको आक्रोश : उहाँहरु नभए पनि देश चल्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी नभएको भन्दै नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आक्रोश ब्यक्त गरेका छन्।

बैठकमा भएको छलफलबारे जानकारी गराउँदै उनले प्रधानमन्त्रीले माओवादीलाई बैठकमा सहभागी हुन निम्ता दिएको दाबी गरे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार ओलीले आफूलाई फोन गरेको बताएको भए पनि उनको सचिवालयले शनिवार बिहान आफूलाई सर्वदलीय वैठकमा सहभागी हुने निम्ता नआएको बताएका थिए।

ज्ञवालीले जानकारी दिँदा बैठकमा नआएर गैरजिम्मेवार व्यवहार देखाएको आरोप लगाए।

'हिजो उहाँले आफैले भन्नुभयो रे! बैठकका बारेमा भनेर आफैँले भन्नुभयो,' ज्ञवालीले भने।

ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताए।

'सबैले थाहा पाउने कुरा हो उहाँहरु नहुँदा पनि देश चल्छ,' उनले भने। माओवादी केन्द्रसहित एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल तथा जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले पनि बैठक बहिष्कार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell