PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

महँगो फिल्म केजीएफ च्याप्टर टू होला त समयमा नै रिलिज? कोरोनाको संकेत 'नो'



पहिलोपोस्ट

महँगो फिल्म केजीएफ च्याप्टर टू होला त समयमा नै रिलिज? कोरोनाको संकेत 'नो'

कोभिड १९ को दोस्रो लहरले भारतमा कति असर पार्छ अन्दाज गर्न सकिने स्थिति छैन। यो पेन्डेमिकका कारण दई उद्योग सबैभन्दा बढी प्रभावित भएका छन् - भारतीय फिल्म र प्रदर्शन हल। खराबै खराबबिच फेरि अर्को खराब खबरले संकेत गरिरहेको छ यही क्षेत्रमा। केजीएफ च्याप्टर टू तोकिएको मितिमा रिलिज नहुने खबर सिनेमा उद्योगका लागि अर्को धक्का बन्दैछ। 

अक्षयकुमारको सूर्यवंशी त्यस्तै अवस्थाबाट गुज्रिसकेको छ जसले रिलिज स्थगित गर्न वाध्य हुनुपर्‍यो। सलमान खानको राधेले पनि यही हविगत बेहोर्दैछ। त्यसपछि रिलिज केजीएफको सिक्वेलले उही हविगत बेहोर्दैछ। 

१९ को दोस्रो लहरका कारण धेरै राज्यहरुमा फिल्म हल निषेधित भइसकेका छन्। त्यसैले केजीएफ च्याप्टर टूका निर्माताहरु रिलिज डेट पोस्टपेनमेन्टका लागि छलफलमा जुटिसकेका छन्। केजीएफ अत्यन्तै सफल फिल्म बनेको थियो। त्यसको सिक्बेलका लागि थप बजेट खर्च गरिएकाले पनि रिलिज डेट सर्नुले ठूलो अर्थ राख्छ। अझै फिल्म रिलिज रोकिनेबारे आधिकारिक विवरण आएको छैन तर दैनिक दुई लाखभन्दा माथिसम्म संक्रमित भेटिन थालेपछि रिलिज रोकिने निश्चित छ।

केजीएफ च्याप्टर टू प्रशान्त नीलले निर्देशन गरेको फिल्म हो जसमा दक्षिण भारतीय स्टार यश, बलिउड स्टार सञ्जय दत्त, श्रीनिधि सेट्टी, रविना टन्डन र प्रकाश राज मुख्य भूमिकामा छन्। फिल्म जुलाई १६ मा रिलिज हुने तय थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell