PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

राजनीति गलत बाटोमा गयो, प्रतिकारमा उत्रिनुस् : उप प्रधानमन्त्री ईश्वर पोखरेल



पहिलोपोस्ट

राजनीति गलत बाटोमा गयो, प्रतिकारमा उत्रिनुस् : उप प्रधानमन्त्री ईश्वर पोखरेल
फाइल फोटो।

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन्। 

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै त्यसविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताए। सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएका गलत कदम विरद्ध जनताले प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो। 

निर्वाचित सरकारले निश्चित समयावधि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने उनको तर्क थियो। 

'सरकार त ५ वर्षका लागि आएको हो निर्वाचित भएर। सधै बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन,' उनले भने, 'तर बिचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ।' 

त्यसो भएमा उनले विकास र निर्माणका काम रोकिने दावी गरे। 'अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न खोज्दै छ। सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने, राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ,' उनले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell