PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेदरल्याण्डसलाई पछ्याउँदै नेपाल : डेभ्यु खेलमै कुशलको अर्ध शतक



पहिलोपोस्ट

नेदरल्याण्डसलाई पछ्याउँदै नेपाल : डेभ्यु खेलमै कुशलको अर्ध शतक

काठमाडौं : नेपाल नेदरल्याण्डस र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु भएको छ। आज जारी पहिलो खेलमा नेदरल्याण्डसले नेपाललाई १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको लागि कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिएका छन्। भुर्तेलले आठौं ओभरको समाप्तिमा ३० बलमा ५ चौका र ४ छक्काको सहायतामा अर्धशतक बनाएका हुन्। उनले डेब्यु खेलमै अर्धशतक बनाएका हुन्।

आजको खेलमा नेपालबाट भुर्तेल सहित आशिफ शेख र शहाब आलमले डेभ्यु गरेका हुन्।

टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्डसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३७ रनको औशत लक्ष प्रस्तुत गरेको हो। नेदरल्याण्ड्सका लागि बस डे लिडेले सर्वाधिक ४१ रन बनाए भने स्कट एडवार्डसले ३० बनाए। त्यस्तै कप्तान पिटर सेलरले अभिजित २३ रन बनाउँदा एन्टोनियस स्टलले अभिजित रहँदै २० रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिँदा सोमपाल कामी र सहाब आलमले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell