PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नेदरल्यान्ड्सलाई जित्दा नेपालीमा देखियो यस्तो उत्साह (फोटो)

नेदरल्यान्ड्सलाई जित्दा नेपालीमा देखियो यस्तो उत्साह (फोटो)

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेदरल्याण्ड्स, नेपाल र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गतको आजको पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै नेपाली क्रिकेट प्रेमीलाई खुशी बनाएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको नेपाली टीमको जितमा दर्शकहरुले भरपुर मजा लिएका थिए। उनीहरु आफू उत्साही थिए भने खेलाडीहरुलाई प्रेरित पनि गरिरहेका थिए। कोरोना भाइरसका कारण २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि क्रिकेटमा दर्शकको बाक्लो उपस्थिति थियो। साथै मास्क नलगाउनेहरुको बाहुल्यता पनि देखिन्थ्यो।

कोरानाको त्रास बिच दर्शकको बाक्लो उपस्थितिले  खेलाडीहरुलाई भने हौस्याएको थियो। नेपालको जितसँगै उनीहरु उत्सवको नारा लगाउँदै रमाइरहेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell