PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

वीरगंजमा ९० जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

वीरगंजमा ९० जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि

वीरगंज : नारायणी अस्पताल वीरगंजमा ९० जनाको स्वाब परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासका अनुसार ४५ जनामध्ये पर्साका ३९ जना र बाराका ६ जना रहेका छन्।

संक्रमण पुष्टि भएकामध्ये १९ जना महिला र २६ जना पुरुष रहेका छन्। ६ देखि ८२ वर्ष उमेर समूहका ४५ जनाको सिटी भ्यालु १४ दशमलव ६ देखि ३५ सम्म भेटिएको उनले जानकारी दिए।

यसैगरी, प्रदेश २ मा पछिल्लो २४ घण्टामा २४ महिला ४५ पुरुष गरी कुल ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell