A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69976f4e1da8c9.64875744): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69976f4e1da8c9.64875744,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69976f4e1de620.89787948): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69976f4e1de620.89787948,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69976f4e213dc5.10982567): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69976f4e213dc5.10982567,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ओलीको शैली पछ्याउँदै कर्णालीका मुख्यमन्त्री शाही, विश्वासको मत दिने एमालेका तीन सांसदलाई दिए मन्त्रीको जिम्मेवारी
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

ओलीको शैली पछ्याउँदै कर्णालीका मुख्यमन्त्री शाही, विश्वासको मत दिने एमालेका तीन सांसदलाई दिए मन्त्रीको जिम्मेवारी



पी बी खड्का

ओलीको शैली पछ्याउँदै कर्णालीका मुख्यमन्त्री शाही, विश्वासको मत दिने एमालेका तीन सांसदलाई दिए मन्त्रीको जिम्मेवारी

सुर्खेतः कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सरकार जोगाउन विश्वासको मत दिने नेकपा (एमाले) का चारमध्ये तीन सांसदलाई मन्त्रीको जिम्मेवारी दिएका छन्। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने क्रममा एमालेका माधव नेपाल पक्षीय चार सांसदले शाहीका पक्षमा मतदान गरेका थिए। पार्टी संसदीय दलको ह्वीप विपरीत चार जनाले फ्लोर क्रस गर्दा शाहीको सत्ता जोगिएको थियो।

तीनै चारमध्ये तीनलाई शनिबार शाहीले मन्त्रीको जिम्मेवारी सुम्पिएका हुन्। संघीय मन्त्रिपरिषद्मा आफूलाई सहयोग गर्ने पूर्वमाओवादी खेमाका सांसदमाथि दल त्यागको कारबाही भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पुनः मन्त्री नियुक्त गरेका थिए। संघमा प्रधानमन्त्री ओलीले अपनाएकै बाटो प्रदेशमा मुख्यमन्त्री शाहीले लिएका हुन्।

शाहीलाई एमालेका नेपाल पक्षका प्रकाश ज्वाला, नन्दसिं बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले विश्वासको मत दिएका थिए। जसमा ज्वालबाहेक अन्यलाई शनिबार मन्त्रीको जिम्मेवारी दिइएको हो।

निर्णय अनुसार बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै थापालाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन्।

माओवादी केन्द्रका तर्फबाट कृषिमन्त्री विमला केसीलाई हटाएर यसअघि पर्यटन मन्त्री भएका बुढालाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो।

यसअघि भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई बैंकिङ कसुरको अभियोग लागेपछि पदबाट हटाइएको थियो। त्यसपछि लामो समयदेखि मन्त्रालय मन्त्रीविहीन थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell