PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेपाली महिला रेस्लर सपनाले हराइन् भारतीय पुरुष रेस्लरलाई



पहिलोपोस्ट

नेपाली महिला रेस्लर सपनाले हराइन् भारतीय पुरुष रेस्लरलाई
फोटोः राखेेप

काठमाडौंः नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई शनिबार पराजित गरेकी छन्।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा सपनाले बुललाई सिंगल म्याचमा पराजित गरेकी हुन्। खेलाडी सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, आकृति पुन, नेपाली ब्रो, गीता जिरेल र जमुना तामाङ सम्मिलित रोयल रम्बल म्याचमा सिर्जना कोजुले जित हात पारिन्। नेपालकी मनीषा रानाभाट र जमुना तामाङबीचको सिंगल म्याच रद्द भयो।

गीता जिरेल र स्नेहा थापाबीचको सिंगल म्याचमा गीता विजयी भइन्। नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र भारतकै देव द बुलबीचको पुरुष त्रिपल थ्रेटमा नेपाली ब्रोले जित हात पारे।

शान्तिनगरस्थित आयोजक फाउन्डेसनको हातामा भएको प्रतियोगिताको पुरुष हार्डकोरमा भारतका हुक्मा रामले नेपाली ब्रोलाई हराए।

प्रतियोगितामा सहभागी हुन अमेरिका, जापान र पाकिस्तानका खेलाडीलाई आमन्त्रण गरिएकोमा कोरोना भाइरसका कारण नआएपछि नेपाल र भारतका रेस्लरको मात्र प्रतिस्पर्धा गर्नु परेको आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell