PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

आइपीएल : मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार



पहिलोपोस्ट

आइपीएल : मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। चेन्नईको चिदामबरम स्टेडियममा सम्पन्न खेलमा हैदरावादमाथि मुम्बईले १३ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याएको हैदरावाद दुई बल बाँकी छँदा अलआउट हुँदै १३७ रनमा समेटियो।

मुम्बईका लागि क्विन्टन डिककले सर्वाधिक ४० रन बनाउँदा काइरोन पालार्डले ३५ रन जोडे। त्यस्तै, रोहित शर्माले ३२ रन बनाए। बलिङतर्फ हैदरावादका मुजीब रहमान र विजय शंकरले २/२ विकेट लिए भने खलील अहमेदले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदरावादका लागि जोनी बेएरस्टोले ४३ रन बनाउँदा डेविड वार्नरले ३६ तथा विजय शंकरले २८ रन बनाए। मुम्बईका लागि ट्रेन्ट बोल्ट र राहुल चहरले ३/३ तथा जसप्रित बुमराह र क्रुनाल पाण्ड्याले १/१ विकेट लिए।

हैदरावादको यो लगातार तेस्रो हार हो। तीनमध्ये दुई खेलमा जित निकाल्दै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell