PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कोपा डेल रे को उपाधि बार्सिलोनालाई



पहिलोपोस्ट

कोपा डेल रे को उपाधि बार्सिलोनालाई

एथ्लेटिक बिल्बाओमाथि फराकिलो जित निकाल्दै बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ। स्टेडियो डे ला कार्टुजामा सम्पन्न फाइनल खेलमा बिल्बाओलाई ४-० को हराउँदै बार्सिलोनाले उपाधि जितेको हो।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दोहोरो गोल गर्दा एन्टोनी ग्रिजमन र फ्रेन्की डी जोङले समान १/१ गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा १२ मिनेटको अवधिमा बार्सिलोनाले ४ गोल गरेको थियो। ६० औं मिनेटमा ग्रिजमन, ६२ औं मिनेटमा डी जोङ र ६८ र ७२ औं मिनेटमा मेस्सीले गोल गरेका थिए।

रोनाल्ड कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो। ‘उपाधि जित्नु मेरोलागि धेरै महत्वपूर्ण विषय हो,’ कोम्यानले भनेका छन्।

एथ्लेटिक बिल्बाओको भने कोपा डेल रे को फाइनलमा यो लगातार दोस्रो हार हो। अघिल्लो सिजनको यही महिना सम्पन्न फाइनल खेलमा पनि बिल्बाओ रियल सोसिडाडसँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell