PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भारतीय ५ सय दरको नोट सहित एक पुरुष समातिए



पहिलोपोस्ट

भारतीय ५ सय दरको नोट सहित एक पुरुष समातिए

काठमाडौँः प्रहरीले भारतीय पाँच सय दरको नोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

मोरङको अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको टोलीले सुनसरी धरान उपमहानगरपालिकाका ५५ वर्षीय नौसाद मियालाई नियन्त्रणमा लिएको हो। शङ्का लागेर मियाको शरीर चेक गर्दा भारतीय पाँच सय दरको नोट फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मियाको साथबाट ५ सय दरका २ सय ६ वटा नोट फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए । भारतमा ५ सयको नोट प्रतिबन्ध लगाइएको छ। मियाले नेपालमा यतिका नोट लिएर किन हिँडे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell