PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अनामनगरको सडकमा हिँडिरहेकी महिलाको बिभत्स हत्या, समातिए उनकै देवर



पहिलोपोस्ट

अनामनगरको सडकमा हिँडिरहेकी महिलाको बिभत्स हत्या, समातिए उनकै देवर
फाइल फोटो

काठमाडौं : काठमाडौंको अनामनगर स्थित बुलबुले मार्गमा एक महिलाको बिभत्स हत्या भएको छ।

शनिवार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीलाई फलामको रड (खन्ती) प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएको छ। हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

'फलामको रड प्रहार गरेर देवरले हत्या गरेको खुलेको छ। यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ,' महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी सुशील सिंह राठौंरले भने।

प्रहरीले हत्या अभियोगमा मृतकका देवर मोहनराज राजभण्डारीलाई नियन्त्रणमा लिएको छ। 'महिला बाटोमा हिँडिरहेकी थिइन। त्यही समयमा आएर हानेको बुझिएको छ। थप अनुसन्धान गरिरहेका छौँ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। उनी हत्या गरेपछि आफैं प्रहरी कार्यालय पुगेका थिए।

देवर भाउजू बिच पहिलेदेखि नै मनमुटाव भएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। रिसइबीका कारण आवेगमा हत्या गरेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell