काठमाडौं: नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित त्रिदेशीय सिरिजको आज जारी दोस्रो दिनको खेलमा नेदरल्याण्ड्सले मलेसियासामु १९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको हो।
नेदरल्याण्ड्सका लागि म्याक ओडोवडले शतकीय पारि खेले। उनले ७३ बलमा १३३ रन बनाउँदा १५ चौका र ६ छक्का प्रहार गरे।
त्यस्तै स्कट एडवार्डसले ३१ रन बनाउँदा बेन कुपरले २० रन बनाए।
बलिङतर्फ मलेसियाका पवनदीप सिंह र अनवर रहमानले १/१ विकेट लिए।
मलेसिया केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
