PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

अबको सरकार कांग्रेसको नेतृत्वमा बन्ने : डिला सङ्ग्रौला



रासस

अबको सरकार कांग्रेसको नेतृत्वमा बन्ने : डिला सङ्ग्रौला

गलकोट : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको बताएकी छन्।

नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिइन्। ‘एमसिसीप्रति कांग्रेस सकारात्मक छ। विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन,’ उनले भनिन्।

उनले वर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ।’ कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell