PahiloPost

May 15, 2026 | १ जेठ २०८३

मलेसियामाथि नेदरल्याण्ड्सको रोमाञ्चक जित



पहिलोपोस्ट

मलेसियामाथि नेदरल्याण्ड्सको रोमाञ्चक जित

काठमाडौं: नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित त्रिदेशीय सिरिजको आज सम्पन्न दोस्रो दिनको खेलमा नेदरल्याण्ड्सले मलेसियामाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्याण्ड्सले १५ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन बनायो।

सुरुवाती ब्याटिङ गरेको नेदरल्याण्ड्सका लागि म्याक ओडोवडले शतकीय पारि खेले। उनले ७३ बलमा १३३ रन बनाउँदा १५ चौका र ६ छक्का प्रहार गरे।

त्यस्तै स्कट एडवार्डसले ३१ रन बनाउँदा बेन कुपरले २० रन बनाए।

बलिङतर्फ मलेसियाका पवनदीप सिंह र अनवर रहमानले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि बिरेन्द्रदीप सिंहले सर्वाधिक ८७ रन बनाउँदा शरभिन् मुनिएण्डीले २८ रन जोडे। त्यस्तै अमिनुद्दिन राम्लीले २६ रन जोडे पनि लक्ष्य पुरा गर्न त्यो पर्याप्त हुन सकेन।

उता नेदरल्याण्ड्सका लागि आर्यन दत्त, बस डे लीडे र सेबस्टिआन ब्राटले समान २/२ विकेट लिए। त्यस्तै फिलिपे बोइससेभेइन र पिटर सेलरले समान १/१ विकेट लिए।

भोलि हुने खेलमा मलेसियाले घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell