PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

२४ घण्टामा संक्रमितको सङ्ख्या एक हजार नाघ्योः काठमाडौं उपत्यकाभित्र मात्र ४३५ जना सङ्क्रमित



पहिलोपोस्ट

२४ घण्टामा संक्रमितको सङ्ख्या एक हजार नाघ्योः काठमाडौं उपत्यकाभित्र मात्र ४३५ जना सङ्क्रमित

काठमाडौंः पछिल्लो २४ घण्टामा थप  १ हजार १५ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित ब्रिफिङका क्रममा थप भएका संक्रमितको बारेमा जानकारी दिएका हुन्। ५ हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १५ जनामा सङ्क्रमण देखिएको हो। सबैभन्दा धेरै काठमाडौंमा संक्रमितको सङ्ख्या थपिएको छ।

काठमाडौंमा ३२६ जनामा सङ्क्रमण देखिएको हो। त्यस्तै भक्तपुरमा ४५ र ललितपुरमा ६४ जनामा सङ्क्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिएका थिए।

त्यस्तै सोही अवधिमा १ सय ६२ जना कोभिड १९ सङ्क्रमण मुक्त भएका छन्। पछिल्लो केही दिनयता संक्रमितको सङ्ख्या ह्वातै बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell