PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

आईपीएल : बेङ्ग्लोरको लगातार तेस्रो जित, कोलकता ३८ रनले पराजित



पहिलोपोस्ट

आईपीएल : बेङ्ग्लोरको लगातार तेस्रो जित, कोलकता ३८ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले कोलकता नाइट राइडर्समाथि जित निकालेको छ। चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले कोलकतामाथि ३८ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकता ८ विकेट गुमाउँदै १६६ रनमा समेटियो।

बेङ्ग्लोरका लागि ग्नेन म्याक्स वेलले सर्वाधिक ७८ र एबि डिभिलियर्सले ७६ रन बनाएका थिए। कोलकताका बरुण चक्रवर्तीले २ विकेट लिँदा प्याट कमिङ्ग्स र प्रसिद कृष्णाले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कोलकताका कुनै ब्याट्समेनले अर्धशतक बनाउन सकेनन्। कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाउँदा कप्तान इयोन मोर्गनले २९, शकिव अल हसनले २६, राहुल त्रिपाठीले २५ र शुभमन गिलले २१ रन जोडे।

कोलकत्तालाई लक्षसम्म पुग्न नदिन बेङ्ग्लोरका केल जेमिन्सनले सर्वाधिक ३ विकेट लिँदा युजवेन्द्र चहल र हर्षल पटेलले समान २/२ विकेट लिए।

जारी सिजन तीन खेल खेलेको बेङ्ग्लोरको यो लगातार तेस्रो जित हो भने समान खेल खेलेको कोलकताको यो दोस्रो हार हो।

आजै जारी दोस्रो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell