PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

भोलिदेखि वीरगंजमा कक्षा ५ सम्म सबै विद्यालय बन्द गर्न महानगरको निर्देशन



पहिलोपोस्ट

भोलिदेखि वीरगंजमा कक्षा ५ सम्म सबै विद्यालय बन्द गर्न महानगरको निर्देशन
फाइल फोटो।

वीरगंज : कोरोना महामारी समुदायमा फैलिसकेको भन्दै वीरगंजका सम्पूर्ण प्राथमिक तहका विद्यालयहरु भोलिदेखि बन्द गर्ने निर्णय भएको छ। महानगरपालिकाका मेयर विजयकुमार सरावगीको आदेशमा निजी तथा सरकारी विद्यालयका बालविकासदेखि कक्षा ५ सम्मका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय भएको वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए।

पर्सामा पछिल्लो समयमा २६२ जना कोरोना संक्रमित देखिएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरले यस्तो निर्णय गरेको उनले बताए। नर्सरीदेखि कक्षा ५ सम्मका विद्यालयहरुको अन्तिम नतिजा आन्तरिक मूल्याकंनबाट सम्बन्धित शिक्षकहरुले अन्तिम नतिजा प्रकाशित गर्नुपर्ने महानगरले निर्देशन दिएको छ।

त्यसैगरी, कक्षा ६ देखि ९ सम्मका सबै परीक्षा तोकिएको समय अर्थात अगामी बैशाख १२ देखि २० गतेसम्म बिहान र दिउँसो गरी दुई सिफ्टमा सञ्चालन गर्न महानगरले भनेको छ। यता, राष्ट्रिय परीक्षा बोर्डले बैशाख १३ गतेदेखि माध्यमिक शिक्षा परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। यसअघि निजी विद्यालय संगठनहरुको दबाबमा अन्तिम परीक्षाको मासिक शुल्क उठाउन विद्यालय सञ्चालन हुँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell