PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

केन्द्रीय कमिटीको पूर्वसन्ध्यामा नेपाल पक्षीय नेताको निर्वाचन आयोगलाई ध्यानाकर्षण, आयोजक कमिटीलाई मान्यता नदिइयोस्



पहिलोपोस्ट

केन्द्रीय कमिटीको पूर्वसन्ध्यामा नेपाल पक्षीय नेताको निर्वाचन आयोगलाई ध्यानाकर्षण, आयोजक कमिटीलाई मान्यता नदिइयोस्
फाइल फोटो

काठमाडौंः नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरेको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिन माग गर्दै निर्वाचन आयोगमा लिखित ध्यानाकर्षण गराएको छ। केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णयलाई मान्यता नदिन नेपाल समूहले आइतबार आयोगलाई लिखित ध्यानाकर्षण गराएको हो। कमिटी बनेयताका निर्णय समेत अमान्य घोषितको माग पनि ध्यानाकर्षणमा गरिएको छ। 

आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर नेपाल पक्षका नेताद्वय राजेन्द्र पाण्डे र वेदुराम भुसालले सो पत्र बुझाएका हुन्। 
नेपाल पक्षीय नेता भुसालले ध्यानाकर्षण पत्र बुझाइएको बताए। प्रमुख निर्वाचन आयुक्त थपलियासँगै आयोग सचिवलाई ध्यानाकर्षणबारे जानकारी गराइएको छ। 

अध्यक्ष ओलीले सोमबार आयोजक कमिटी बैठक बोलाएका छन्। सो बैठकबाट हालै कर्णाली प्रदेशमा पार्टी ह्वीप विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेताहरुलाई कारबाहीको तयारी छ। बैठकको पूर्वसन्ध्यामा नेपाल पक्षले आयोजक कमिटीलाई नै मान्यता नदिन मागसहित निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो। बहुमत आफूहरुसँग रहेको दाबी पनि पत्रमा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell