PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

प्रदेश २ मा छात्राहरुको लागि निःशुल्क लोक सेवा आयोग तयारी कक्षा शुरु



पहिलोपोस्ट

प्रदेश २ मा छात्राहरुको लागि निःशुल्क लोक सेवा आयोग तयारी कक्षा शुरु

वीरगंज : प्रदेश २ मा छात्राहरुको लागि निःशुल्क लोक सेवा आयोग तयारी कक्षा शुरु भएको छ। ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत निःशुल्क लोकसेवा तयारी कक्षा शुरु भएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर २ जनकपुरधामको आयोजनामा भएको कार्यक्रमको उद्घाटन वीरगंजको त्रिजुद्ध स्कुलबाट मुख्यमन्त्री लालबाबु राउतले गरेका छन्। आइतवार आयोजित समारोहमा मुख्यमन्त्री राउतले प्रदेश २ का छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवाको तयारी कक्षा शुरु गरेको बताए। छोरीहरुले अब दुःख नपाउन् भन्ने उद्देश्यले प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राउतको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell