PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

वीरगंजमा ९६ जनाको स्वाब परीक्षण गर्दा ६१ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

वीरगंजमा ९६ जनाको स्वाब परीक्षण गर्दा ६१ जनामा कोरोना पुष्टि

वीरगंज : वीरगंजमा आइतवार ६१ जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालमा ९६ जनाको स्वाब परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगंजका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए।

उनका अनुसार ६१ जनामध्ये ४९ जना पर्साका, ११ जना बाराका र एक जना सर्लाहीका रहेका छन्। ६१ जना मध्ये १९ जना नारायणी अस्पतालमा भर्ना भएका छन्।

आइतवार ६३.५४ संक्रमण दर रहेको चिकित्सकहरुको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell