PahiloPost

Jul 3, 2024 | २० असार २०८१

आइपीएल : दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित



पहिलोपोस्ट

आइपीएल : दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ४ विकेट गुमाउँदै १० बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो।

पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ६९ र कप्तान केएल राहुलले ६१ रन बनाएका थिए। दिल्लीका क्रिस ओक्स, लुकमान मरिवाला, कगिसो रबाडा र अभेस खानले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रन बनाउँदा पृथ्वी शले ३२, मार्कस स्टोइनिसले २७, रिशब पन्तले १५ र ललित यादवले १२ रन जोडे।

पञ्जाबका लागि जे रिचर्डसनले २ विकेट लिँदा अर्शदीप सिंह र रिले मेरिडिथले समान १/१ विकेट लिए।

जारी सिजनमा तीन खेल खेलेको दिल्लीको यो दास्रो जित हो भने समान खेल खेलेको पञ्जाबको यो दोस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell