PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपालले जम्न दिएन मलेसियाको ब्याटिङ, १ सय १० रनको औसत लक्ष्य



पहिलोपोस्ट

नेपालले जम्न दिएन मलेसियाको ब्याटिङ, १ सय १० रनको औसत लक्ष्य

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको हो।

मलेसियाका लागि सइद अजिजले सर्वाधिक २७ रन बनाउँदा शर्भिन मुनिएण्डीले २० रन जोडे। त्यस्तै शफिक शरिफले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट लिए। त्यस्तै सोमपाल कामी, शहाब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १/१ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell