PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

कुशल भुर्तेलको ब्याक टू ब्याक अर्धशतक



पहिलोपोस्ट

कुशल भुर्तेलको ब्याक टू ब्याक अर्धशतक

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा मलेसिया र नेपाल प्रतिस्पर्धा गरिरहेका छन्।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको छ। जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले सानदार साझेदारी गरिरहेका छन्।

सिरिजको पहिलो खेलमा डेभ्यु गरेका यी दुई खेलाडी मध्ये कुशल भुर्तेलले आजको खेलमा अर्धशतक पुरा गरेका छन्। उनले २६ बलमा अर्धशतक बनाएका हुन्। पहिलो खेलमा समेत उनले अर्धशतक जोडेका थिए।

यसअघि ब्याटिङ गरेको मलेसियाका लागि सइद अजिजले सर्वाधिक २७ रन बनाउँदा शर्भिन मुनिएण्डीले २० रन जोडे। त्यस्तै शफिक शरिफले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट लिए। त्यस्तै सोमपाल कामी, शहाब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell