PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

मलेसियामाथि नेपालको फराकिलो जित, दोस्रो खेलमा पनि चम्के कुशल



पहिलोपोस्ट

मलेसियामाथि नेपालको फराकिलो जित, दोस्रो खेलमा पनि चम्के कुशल

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियामाथि विजय हासिल गरेको छ। 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ९ विकेटको सानदार जित निकालेको हो।

जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १ विकेटको क्षतिमा १२.१ ओभरमा लक्ष्य पुरा गर्‍यो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक अभिजित ६१ रन बनाउँदा आशिफ शेखले ४२ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरी ६ रनमा अभिजित रहे। मलेसियाका वीरेनदीप सिंहले आशिफको विकेट लिएका थिए।

यसअघि नेदरल्याण्ड्स विरुद्धको खेलमा डेभ्यु गरेका भुर्तेल र शेखले उद्घाटन खेलमा अर्धशतक बनाएका थिए।

आज टस हारेर ब्याटिङ गरेको मलेसियाका लागि सइद अजिजले सर्वाधिक २७ रन बनाउँदा शर्भिन मुनिएण्डीले २० रन जोडे। त्यस्तै शफिक शरिफले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट लिए। त्यस्तै सोमपाल कामी, शहाब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १/१ विकेट लिए।

योसँगै मलेसियाले लगातार दोस्रो हार ब्यहोरेको छ भने भने नेपालले लगातार दोस्रो जित निकालेको छ। हिजो सम्पन्न खेलमा मलेसिया नेदरल्याण्ड्ससँग पराजित भएको थियो। त्यस्तै उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो।

भोलि हुने खेलमा नेपालले फेरि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell