PahiloPost

May 15, 2026 | १ जेठ २०८३

ओलीले बनाएका नेकपाका ११ सय बढी केन्द्रीय सदस्य नै एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य



पहिलोपोस्ट

ओलीले बनाएका नेकपाका ११ सय बढी केन्द्रीय सदस्य नै एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटिको बैठक १० गते सम्मका लागि स्थगित भएको छ।

बालुवाटारमा बसेको बैठक १० गते सम्मका लागि स्थगित गरिएको बैठकमा सहभागि एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए। बैठकमा ओलीले एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले कर्णाली प्रदेशमा मुख्यमन्त्रीको विश्वासको मतमा फ्लोर क्रस गरेर अक्षम्य अपराध गरेको बताएका थिए।

नेपाल समूहका नेतामाथि कडा कारवाही गर्ने ओलीले बताएका छन्। 'कर्णालीमा अक्षम्य अपराध गर्नुभयो उहाँहरुले भनेर भन्नु भयो। उहाँहरु माथि कडा कारवाही गर्छौ भन्नुभएकाे छ प्रधानमन्त्रीले,'  ओलीलाई उदृत गर्दै ती केन्द्रीय सदस्यले भने।

प्रतिनिधिसभा विघटन पछि ओलीले पुस ७ गते तत्कालीन नेकपाको बैठकबाट ११ सय बढीलाई केन्द्रीय सदस्य बनाएका थिए। सोही समितिलाई ओलीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा रुपान्तरण गरेका हुन्। उक्त परिषदको बैठक साउनमा राख्ने निर्णय भएको पनि ती सदस्यले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell