PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

माधव नेपाल समूहका २० नेतालाई कारवाहीको तयारी, स्पष्टिकरण सोध्ने बालुवाटार बैठकको निर्णय



पहिलोपोस्ट

माधव नेपाल समूहका २० नेतालाई कारवाहीको तयारी, स्पष्टिकरण सोध्ने बालुवाटार बैठकको निर्णय

काठमाडौं : नेकपा एमालेले माधव नेपाल समूहका २० नेतालाई कारवाही गर्ने तयारी गरेको छ। बालुवाटारमा बसेको एमालेको महाधिवेशन आयोजक समितिको बैठकले यस्तो तयारी गरेको हो। 

कर्णाली प्रदेशमा मुख्यमन्त्रीले लिएको विश्वासको मतमा 'फ्लोर क्रस' गरेका ४ जना नेतालाई कारवाही स्वरुप दुई दिन भित्र स्पष्टिकरण बुझाउन निर्देशन दिने बैठकले निर्णय गरेको छ।

नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले २० जना नेतामाथि कारावाही हुने जानकारी दिए। 'कर्णाली प्रदेश सभामा पार्टीको औपचारिक ह्वीप उल्लङ्घन गर्ने चारजनालाई दुइदिन भित्र जवाफ माग्ने, पार्टीको विरुद्धमा गतिविधि गर्ने थप १६ जनालाई स्पष्टिकरण सोध्ने निर्णय भयो,' उनले भने।

१० ‍औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम बैठक आज बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी ओलीले ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको भट्टराईले जानकारी दिए।

त्यस्तै महासचिव इश्वर पोखरेलले सांगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

बैठकले कार्यविभाजन र विभागिय जिम्मेवारी तोक्नेका लागि  विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझि रहेको कार्यदललाई वैशाख १० गते बस्ने ‍महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell