PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

यसरी जोगियो लुम्बिनी प्रदेशमा शंकर पोखरेलको सरकार, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले लिए मन्त्रीको सपथ



पहिलोपोस्ट

यसरी जोगियो लुम्बिनी प्रदेशमा शंकर पोखरेलको सरकार, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले लिए मन्त्रीको सपथ

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुन: गठन गरेका छन्। 

माओवादी केन्द्रसहित कांग्रेस र जसपाले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै उनले मन्त्रिपरिषद् पुन:गठन गरेका हुन्। अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी केन्द्रबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका थिए। 

रिक्त रहेको पदमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जसपा सांसदलाई समावेश गर्दै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पुन:गठन गरेका हुन्। 

नवगठित मन्त्रिपरिषदमा जसपाका सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेयलाई शिक्षा तथा समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन्। त्यस्तै अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी जसपाकै सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ। 

त्यस्तै यसअघि एमालेबाट भूमि व्यवस्था मन्त्री रहेकी आरती पौडेललाई उद्योग वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि आर्थिक योजना मन्त्रालय मुख्यमन्त्री आफैले राखेका थिए। 

उद्योग पर्यटन तथा वातावरण मन्त्री लिला गिरीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell