PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, लामो दूरीका गाडीले बीचमा यात्रु चढाउन नपाउने



पहिलोपोस्ट

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, लामो दूरीका गाडीले बीचमा यात्रु चढाउन नपाउने
फाइल फोटो

काठमाडौं: सरकारले कोभिड-१९ को संक्रमण बढ्दै गएसँगै स्वास्थ्य सुरक्षाका नयाँ मापदण्ड जारी गरेको छ। अब स्वास्थ्य मापदण्ड पालना नगरी सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन। 

मन्त्रिपरिषद्को सोमबारको बैठकले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाउने गरी नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको हो। सार्वजनिक यातायात चढ्ने सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ। त्यस्तै सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था पनि गर्नुपर्ने छ। साथै चालक र सहचालकले मास्कका साथै भाइजरसमेत लगाउनुपर्ने छ। 

त्यस्तै सार्वजनिक यातायातलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्ने मापदण्ड पनि सरकारले बनाएको छ। सार्वजनिक यातायातमा चढ्ने यात्रु मास्क नलगाइ आएमा सवारीसाधनमा नै बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क उपलब्ध गराउनुपर्ने छ। 

त्यस्तै लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन पाउने छैनन्।  लामो दूरीका यातायत सुरु गन्तब्यदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गर्नुपर्ने मापदण्डमा उल्लेख छ। त्यस्तै यात्रुको विवरण सम्बन्धित जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनुपर्ने छ। 

त्यस्तै आन्तरिक हवाई सेवामा विमानका चालक र यात्रुलाई अनिवार्य मास्क, जहाज र झोलालाई स्यानिटाइज गर्नुपर्ने उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell