PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

त्रिदेशीय क्रिकेट सिरिजका बाँकी खेलहरूमा दर्शकलाई प्रवेश निषेध : क्यान



पहिलोपोस्ट

त्रिदेशीय क्रिकेट सिरिजका बाँकी खेलहरूमा दर्शकलाई प्रवेश निषेध : क्यान

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गतका बाँकी खेलहरुमा दर्शक उपस्थित हुन नपाउने भएका छन्। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरू उपस्थित नहुन तथा दर्शक सहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले दर्शनबिना नै खेल खेलाउने भएको हो।

क्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल क्रिकेट संघले कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी ट्राई-नेसन्स क्रिकेट सिरिज अन्तर्गतका बाँकी खेलहरूमा दर्शकको प्रवेश निषेध गरेको छ। यो निर्णयसँगै आम नेपाली क्रिकेटका समर्थकहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमा याचना गर्दछौँ।’

नेपालमा कोभिड-१९ को बढ्दो असर कम गर्न भन्दै सरकारले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरू उपस्थित नहुन, दर्शक सहितको खेलकुद प्रतियोगिता सञ्चालन नगर्न आदेश जारी गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell