PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

वीरगंजमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तिराउन शुरु



पहिलोपोस्ट

वीरगंजमा मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तिराउन शुरु

वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले सोमवारदेखि मास्क नलगाई हिँड्नेहरूलाई १ सय रुपैयाँ जरिवाना तिराउन शुरू गरेको छ। प्रशासनको आदेशमा पर्सा प्रहरीले मास्क नलगाई हिँड्नेहरूलाई जरिवाना तिराउन शुरु गरेको हो।

कोभिड संकट व्यवस्थापन समितिले बारम्बार मास्क अनिवार्य लगाएर घरबाहिर हिँड्न अनुरोध गर्दै आएपनि मानिसहरुले अटेर गर्दै आएका छन्। उच्च अदालत वीरगंज इजलासले आइतवार मास्क अनिवार्य गर्न जिल्ला प्रशासन कार्यालयसमेतको नाममा अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि आजदेखि मास्क नलगाउनेलाई दण्डित गरिएको हो।

घण्टाघरमा आज बिहानैदेखि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना गर्दै मास्क लगाउन अनिवार्य गरेको थियो। पछिल्लो चरणमा वीरगंजमा कोरोना संक्रमण बढ्दै छ। चैतदेखि आजसम्म करिब ४ सय जना संक्रमित भइसकेका छन् भने चार जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell