PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि



पहिलोपोस्ट

वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि

वीरगंज : वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ। नारायणी अस्पतालमा संकलित स्वाबलाई पीसीआर प्रयोगशालामा परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।

संक्रमण पुष्टि भएकामध्ये ५५ जना पुरुष र २३ जना महिला रहेका छन्। ४ देखि ७५ वर्ष उमेर समूहका ७८ जनामध्ये ७० जना पर्साका, ४ जना बारा, ३ जना सर्लाही र १ जना बाँकेका रहेका छन्।

सर्लाही र बाँकेका संक्रमित वीरगंज आसपासमा बसोबास गर्ने हुन् या भारतबाट आएका हुन् भन्ने यकीन नभएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए।

वीरगंजमा रुघाखोकी, श्वासप्रश्वासमा समस्या तथा कडा ज्वरोका विरामीलाई मात्र चिकित्सकहरुले पीसीआर परीक्षणको लागि सिफरिस गर्ने गरेका छन्। जसमध्ये हालको संक्रमण दर चिन्ताजनक रहेको चिकित्सकहरुको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell