PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रतिनिधिसभाको अधिवेशन अप्रत्यासित अन्त्य गरिएको भन्दै कांग्रेसको आपत्ति



पहिलोपोस्ट

प्रतिनिधिसभाको अधिवेशन अप्रत्यासित अन्त्य गरिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौंः प्रतिनिधिसभाको अधिवेशन अन्त्य अप्रत्यासित र हठात् गरिएको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन अन्त्य गरेर सरकारले स्वेच्छाचारी प्रवृत्ति देखाएको पनि टिप्पणी गरेको छ। 

केन्द्रीय कार्यसमितिको निर्णयमा भनिएको छ, ‘सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ। वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर बैठकले गरेको छ । यो बैठक सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भत्र्सना गर्दछ।’

यस्तै, बैठकले कोरोनाबाट जनताको सुरक्षा गर्न विशेष कार्ययोजना तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। बैठकले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ आवेदनका लागि ०७८ वैशाख १५ गतेसम्मको म्याद कायम गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell