PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित



पहिलोपोस्ट

आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमवार भएको खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले राजस्थानमाथि ४५ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा समेटियो।

चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ३३ रन बनाउँदा अम्बाती रायडुले २७ रन बनाएका थिए। त्यस्तै, मोइन अलीले २६, ड्वाइने ब्राभोले २० र कप्तान महेन्द्र सिंह धोनीले १८ रन जोडे। राजस्थानका चेतन सकारियाले ३, क्रिस मोरिसले २ तथा मुस्ताफिजुर रहमान र राहुल तवातियाले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ४९ रन बनाउँदा जयदेव उनादकटले २४, राहुल तवातियाले २०, शिभम दुबेले १७ र मनन वोहराले १४ रन जोडे।

पञ्जाबका लागि मोइन अलीले ३ विकेट लिँदा साम करन र रविन्द्र जडेजाले समान २/२ तथा सार्दल ठाकुर र ड्वाइने ब्राभोले १/१ विकेट लिए।

जारी सिजनमा तीन खेल खेलेको चेन्नईको यो दास्रो जित हो भने समान खेल खेलेको राजस्थानको यो दोस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell