PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दर्शकविहीन मैदानमा भिड्दै नेदरल्याण्डस् र नेपाल



पहिलोपोस्ट

दर्शकविहीन मैदानमा भिड्दै नेदरल्याण्डस् र नेपाल

काठमाडौं: नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले मलेसियासँगको खेल सकिएपछि दर्शकलाई साथ र समर्थनको लागि धन्यवाद दिँदै भने: भोलिको खेलबाट तपाइँहरुलाई यहाँ देख्न पाइने छ छैन थाहा छैन। उनको तात्पर्य कोरोना र सरकारी निर्णयलाई लिएर थियो। सोमवारै सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषदले स्वास्थ्य मापदण्डहरुलाई कडाइ गर्ने निर्णय गरेको थियो। जसमा विद्यालयदेखि रंगशालासम्म भिडभाड हुने क्षेत्रमा कडाइ हुने भएको छ।

लगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै मंगलवारबाटको खेलमा दर्शकको उपस्थिति नहुने स्पस्ट पारेको छ। क्यानको विज्ञप्तिमा भनिएको छ, 'नेपाल क्रिकेट संघले कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी ट्राई-नेसन्स क्रिकेट सिरिज अन्तर्गतका बाँकी खेलहरूमा दर्शकको प्रवेश निषेध गरेको छ। यो निर्णयसँगै आम नेपाली क्रिकेटका समर्थकहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमा याचना गर्दछौँ।'

नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा दर्शक बिनै आज दिउँसो सवा १ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। घरेलु मैदानमा बिना दर्शकको खेलको यो पहिलो अनुभव हुनेछ नेपाली क्रिकेटरहरुको।

नेपाली टोलीले जारी सिरिजमा दुई खेल खेलेको छ र दुबैमा फराकिलो जित निकालेको छ। नेपाली टोलीको ब्याटिङमा सँधै देखिने ओपनिङको समस्या यसपटक देखिएको छैन: ओपनिङको। ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट प्रदर्शन गरेका छन् दुबै खेलमा।

उता पहिलो खेलमा पराजित भएको नेदरल्याण्ड्सले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको थियो। जसमा नेदरल्याण्ड्सका म्याक्स ओडाउडले शतकीय पारी नै खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell