PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

बागमती युवा क्लबलाई हराउँदै एपीएफ जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा



राधेश्याम पटेल

बागमती युवा क्लबलाई हराउँदै एपीएफ जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा

वीरगंज : सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब ११ औँ संस्करणको जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सिमरामा जारी प्रतियोगिता अन्तर्गत सोमबार साँझको खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई २-१ ले पछि पार्दै एपीएफले सेमिफाइनल यात्रा तय गरेको हो। एपीएफको जितमा प्रदिप लामा एक्लैले दुई गोल गरे। खेलको ३२ औँ मिनेटमा बागमतीविरुद्ध पहिलो अग्रता बनाएको एपीएफले अग्रता जोगाउन नसक्दा नतिजाका लागि अतिरिक्त समय कुर्नुपरेको थियो।

३२ औँ मिनेटमा डि बक्सभित्र पाएको बललाई सदुपयोग गर्दै लामाले टिमलाई पहिलो अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रतासहित बागमतीलाई दवाबमा राखेको एपिएफले दोस्रो हाफमा सम्हालिएर खेल्न नसक्दा ५२ औँ मिनेटमा बराबरीमा पुग्यो।

५२औँ मिनेटमा मनबहादुर रानाले बागमतीका प्रितम स्याङबोलाई फल गरी लडाएपछि पाएको पेनाल्टीको मद्दतमा बागमती बराबरीमा पुगेको हो। पेनाल्टीमार्फत निरज थापाले गोल गरेका थिए।

निर्धारीत ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछी नतिजाका लागि अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमको १४औँ मिनेटमा एपीएफका प्रदिप लामाले गरेको गोल निर्णयक बन्यो। बागमतीका गोलरक्षक अरुण ब्लोन अघि बढ्दा उनले सहजै गोल गर्ने अवसर पाएका थिए।

खेलको ३४ मिनेटमा एपीएफसँग बराबरी गर्ने राम्रो अवसरबाट वागमती चुक्यो। प्रितम स्याङबोले डि बक्स भित्रबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो। एपीएफका तुलनामा बागमतीले धेरै फ्रिकिकको अवसर पाएपनि सदुपयोग गर्न सकेन।

४०औँ मिनेटमा म्याक्सवेलले गोलका लागि पाएको राम्रो अवसर सदुपयोग गर्न सकेनन्। वन टु वनको स्थितमा रहेको बललाई फितलो फितलो प्रहार गर्दा एपीएफका गोलरक्षक अमितकुमार चौधरीले सहजै बचाउ गरेका थिए।

६४ औँ मिनेटमा एपिएफका नवराज खड्काले सुनिल यादवलाई फल गरेपछी निग्मा घिसिङले प्रहार गरेको फ्रिकिक क्रस बार माथीबाट बाहिरियो। लगत्तै ६९औँ मिनेटमा एपिएफका मिलन लामाले अनिस महर्जनलाई फल गरेपछी निरज थापा मगरले प्रहार गरेको फ्रिकिक गोलरक्षक अमितकुमार चौधरीले बचाउ गरे।

८२ औँ मिनेटमा एपिएफका मनबहादुर रानाले अनिस महर्जनलाई फल गरेपछि निरज थापा मगरले प्रहार गरेको फ्रिकिक क्रस बार माथीबाट बाहिरियो।

पहिलो हाफमा बागमतीविरुद्ध आक्रामक देखिएको एपिएफ दोस्रो हाफमा सोही प्रदर्शन कायम राख्न नसक्दा जितका लागि ठुलै संघर्ष गर्नुपर्‍यो।

२८औँ मिनेटमा बागमतीका प्रितम स्याङबोले युवराज खड्कालाई फल गरेपछि पाएको फ्रिकिकलाई श्याम नेपालीले सदुपयोग गर्न सकेनन्। उनको फितलो प्रहारलाई बागमतीका गोलरक्षक अरुण ब्लोनले सहजै नियन्त्रणमा लिए।

लामो समय दबावमा खेलेको एपिएफलाई ७२ औँ मिनेटमा गोलका लागि अर्को अवसर मिलेको थियो। एपीएफका लागि रबी थिङले प्रहार गरेको कर्नरलाई बागमतीका गोलरक्षक अरुण ब्लोनले उत्कृष्ट बचाउ गरे। लगत्तै रिबाउण्ड भएको बललाई स्याम नेपालीले प्रहार गरेका थिए तर ब्लोनले गोल लाइनबाटै क्लियर गरिदिए।

प्रतियोगीतामा अन्तिम क्वाटरफाइनल अन्तर्गत मंगलबार संकटा क्लब काठमाडौं र एफसी  विजय युथ हेटौँडाबिच खेल हुनेछ। संकटा सीधै क्वारफाइनल खेल्न लागेको हो भने हेटौँडाले आफ्नो पहिलो खेलमा सुदुरपश्चिम ११ धनगढीलाई हराउँदै संकटासँगको भेट पक्का गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell