PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

नारायणी बयोधामा कोरोना संक्रमितको मृत्यु, वीरगंजमा १० दिनको अवधिमा ६ जना संक्रमितको गयो ज्यान



राधेश्याम पटेल

नारायणी बयोधामा कोरोना संक्रमितको मृत्यु, वीरगंजमा १० दिनको अवधिमा ६ जना संक्रमितको गयो ज्यान

वीरगंज : वीरगंजको नारायणी बयोधा अस्पतालमा भर्ना गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर १४ का ५७ बर्षीय पुरुषको वीरगंजको नारायणी बयोधा अस्पताल, गण्डकमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा चैत २९ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि बयोधा अस्पतालमा भर्ना गरिएको थियो। कोरोना पुष्टि हुनुभन्दा एक साता अघि भारतबाट फर्केका थिए। भारतको कुन ठाउँबाट नेपाल फर्केका थिए भन्ने बारेमा ट्राभल हिस्ट्री संकलन गर्ने काम भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। शुरुमा नारायणी अस्पतालमा उपचार गरिए तापनि कोरोना पुष्टि भएपछि थप उपचारको लागि बयोधा अस्पताल रेफर गरिएको थियो। उनलाई श्वासप्रश्वास सम्बन्धि समस्या थियो।

यसैगरी, कोरोना महामारीको दोस्रो वेभामा हाल सम्म वीरगंजमा १० दिनमा ६ जनाको मृत्यु भइसकेको छ। जसमध्ये ४ जनाको नारायणीमा  २ जनाको नारायणी बयोधामा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell