PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

धारिलो हतियार देखाएर लुटपाट गर्ने तीन युवक समातिए



पहिलोपोस्ट

धारिलो हतियार देखाएर लुटपाट गर्ने तीन युवक समातिए

काठमाडौंः धारिलो हतियार देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा गोरखाका १८ वर्षीय सुमन परियार, ओखलढुङ्गा पतलेछेर्मादिङ १८ वर्षीय छिरिङ मोक्तान र मकवानपुरका २१ वर्षीय सुरज तामाङ रहेका छन्।

उनीहरूले वैशाख ३ राती काठमाण्डौं महानगरपालिका वडा नम्बर १६ बालाजु चोक नजिक चक्रपथ सडक खण्ड एक १९ वर्षीय युवकलाई हतियार देखाएर लुटपाट गरेका थिए। त्यस्तै उनीहरूले धारिलो बन्चरोले प्रहार गरी घाइते समेत बनाएर फरार भएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell